कार्यविवरण
- युवा सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, युवा वैज्ञानिक प्रोत्साहन।
- खेलकुद सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन, खेलकूद तथा खेलकूद पूर्वाधारको विकास र प्रवद्र्धन।
- खेलकुद प्रशासन र संघसंस्थाको समन्वय र नियमन अनुमति।
- राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता।
- लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन।
- विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका स्थल सम्बन्धी ।
- भाषा, लिपि संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन ।
- ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं कला र वास्तु कलात्मक दृष्टिकोणले महत्व बोकेका प्रदेशकस्तरका दरवारहरुको संरक्षण, संम्भार, अध्ययन, अनुसन्धान, तथा व्यवस्थापन ।
- प्रदेशस्तरमा संग्रहालयको स्थापना, सञ्चालन तथा व्यवस्थापन ।
- प्रदेशस्तरमा पुरातात्विक महत्वका स्थल, ऐतिहासिक र धार्मिक साँस्कृतिक सम्पदा, प्राचिन स्मारक, संग्रहालय, साँस्कृतिक धरोहर सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन र नियमन एवम् संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान, उत्खनन तथा पुनर्निर्माण ।धर्म, परम्परा र गुठी अन्तर्गत चलिआएका विभिन्न जात्रा, पर्वहरुको सञ्चालन र व्यवस्थापन ।
- संस्कृतिको विकास सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन ।
यस महाशाखा अन्तर्गतका शाखाहरु
१. युवा तथा खेलकुद शाखा
२. भाषा, संस्कृति र पुरातत्व संरक्षण शाखा