कार्यविवरण
- स्वास्थ्य सेवा तथा पोषण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन।
- प्रदेशस्तरमा आवश्यक पर्ने प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुनस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन।
- स्वास्थ्य सेवा सम्बन्धी प्रदेशस्तरीय प्राज्ञिक, व्यवसायिक र पेसागत संघ संस्थाको दर्ता, सञ्चालन अनुमति र नियमन।
- खानेपानी, ध्वनी र हावाको गुणस्तर अनुगमन तथा लेखाजोखाको ढाँचा निर्माण, गुणस्तरको मापदण्ड निर्धारण र कार्यान्वयन।
- राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन।
- प्रदेशस्तरीय स्वास्थ्य क्षेत्रको मानव स्रोत विकास र व्यवस्थापन।
- खोप र परिवार नियोजन।
- संवेदनशील औषधी तथा अन्य स्वास्थ्य सामग्री खरीद तथा आपूर्ति व्यवस्थापन।
- प्रदेशस्तरीय स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान तथा सूचना प्रणाली, स्वास्थ्य लेखा पद्धतिको संस्थागत व्यवस्थापन, सूचना प्रवाह
- प्रदेशस्तरीय जनस्वास्थ्य निगरानी व्यवस्थापन।
- सूर्ति, मदिरा र लागु पदार्थजन्य वस्तुको मापदण्ड, नियन्त्रण तथा नियमन।
- सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम
- राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य विमा लगायत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम व्यवस्थापन नियमन।
- प्रादेशस्तरको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रदेशिक, नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क निर्धारण, योजना, आयोजना कार्यान्वय तथा सञ्चालन संभार र नियमन।
- खानेपानी तथा सरसफाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवद्र्धन सम्बन्धी तथा मापदण्ड तर्जुमा, कार्यान्वय र नियमन।
- सर्वसाधारणलाई स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाइ तथा स्वच्छतामा पिछडीएका वर्गको पहुँच सुनिश्चितता।
- जनसंख्या, बसाइसराइ र परिवार नियोजन सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना सञ्चालन, क्षमता अभिवृद्धि र राष्ट्रिय संस्थाहरुसँगको सम्पर्क र समन्वय।